काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। सुन प्रकरणबारे पार्टीको धारणा बनाउन रास्वपाले संसदीय दलको बैठक बोलाएको हो।
आजै बस्ने प्रतिनिधिसभामा सुन तस्करीबारे आधिकारिक धारणा राख्न संसदीय दलको बैठक बोलाइएको रास्वपाले जनाएको छ।
केही दिनअघि त्रिभुवन विमानस्थलबाट जाँच पास भइ बाहिरिने क्रममा रहेको एक क्विन्टल सुन भन्सार राजश्व विभागले बरामद गरेको थियो।
प्रकाशित: १० साउन २०८० १२:५२ | Wednesday, July 26, 2023
प्रतिक्रिया





