सुदूरपश्चिम सरकारमा उन्मुक्ति सहभागी हुँदै

हिमाल प्रेस ८ साउन २०८० ९:५६ | Monday, July 24, 2023
सुदूरपश्चिम सरकारमा उन्मुक्ति सहभागी हुँदै

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी हुने भएको छ।

नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा जाने भएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ।

प्रदेशसभा सदस्य तथा तत्कालीन संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउन लागेको जनाएको छ।

सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। संघीय सरकारमा पनि नाउपा सहभागी छ। नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्री छन्।

प्रकाशित: ८ साउन २०८० ९:५६ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast