सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

हिमाल प्रेस ३० असार २०८० १०:१० | Saturday, July 15, 2023
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

काठमाडौँ- बिहान ८ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति सत्ता साझेदार दलहरू नै सन्तुष्ट छैनन्। सत्तारुढ दलबीच बजेटमा एकमत हुन नसक्दा बैठक सार्नु परेको प्रदेशसभाका प्रवक्ता नरेन्द्रबहादुर पालले बताए।

सत्तारुढ दलसँग पुनः छलफल गरेर सहमति जुटाउने प्रयासका लागि बैठक अपराह्न साढे ३ बजे बस्नेगरी सारिएको प्रवक्ता पालले जानकारी दिए। सत्तारुढ दलले भने संशोधन नगरी बजेट पास हुन नदिने अडान लिएका छन्।

कांग्रेसबाहेक सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले अहिलेकै अवस्थामा बजेट पारित हुन नदिने निर्णय नै गरेका छन्।

प्रकाशित: ३० असार २०८० १०:१० | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast