सीताको निधनपछि नर्भिकले भन्यो : जति प्रयास गर्दा पनि हामीले बचाउन सकेनौँ

हिमाल प्रेस २७ असार २०८० १०:१४ | Wednesday, July 12, 2023
सीताको निधनपछि नर्भिकले भन्यो : जति प्रयास गर्दा पनि हामीले बचाउन सकेनौँ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ।

आज बिहान ८ बजेर ३३ मिनेट जाँदा थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो।
सीताको उपचारमा संलग्न चिकित्सक प्रोफेसर डा युवराज शर्माका अनुसार दाहाललाई सास फेर्न गाह्रो भएपछि बिहान अस्पताल ल्याइएको थियो।

‘उहाँ (सीता दाहाल) २ वर्षदेखि जटिल रोगको सामना गर्दै हुनुहुन्थ्यो,’ शर्माले भने,‘ हामीले यही उपचार गराइराखेका थियौँ। आज बिहान पनि सास फेर्न गाह्रो भयो भनेपछि म बालुवाटार गएँ।’

शर्माले मृतक दाहाललाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)ले ग्रस्त बनाएको बताए। ‘ त्यहाँ(बालुवाटार)बाट ८ बजे ल्याइएको थियो। हामीले प्रयास गर्दा गर्दै पनि बचाउन सकेनौँ।’

प्रकाशित: २७ असार २०८० १०:१४ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast