लुम्बिनी विकास बैंकको १६औँ वार्षिकोत्सव मनाइयो

हिमाल प्रेस २५ असार २०८० १७:४३ | Monday, July 10, 2023
लुम्बिनी विकास बैंकको १६औँ वार्षिकोत्सव मनाइयो

काठमाडौँ- लुम्बिनी विकास बैंकको १६औँ वार्षिकोत्सव सम्पन्न भएको छ। विभिन्न कार्यक्रम गर्दै बैंकले वार्षिकोत्सव मनाएको हो।

सोही अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँको टोखानगरपालि–७ स्थित धापासीमा रहेको ‘पवित्र समाज सेवा नेपाल’लाई सहयोग गरेको पनि बैंकले जानकारी दिएको छ।

‘पवित्र समाज सेवा नेपाल’मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरूलाई पोशाक वितरण गरिएको बैंकले बताएको छ।

बैंकले वार्षिकोत्सवकै अवसरमा २० वर्षभन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रही सेवा प्रदान गरेका १२ जना कर्मचारीलाई सम्मान पनि गरेको छ।

व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले संयुक्त रूपमा कर्मचारी सम्मान गरे। उनीहरूलाई दिर्घ सेवा पदक र मायाको चिनो प्रदान गरिएको बैंकले जानकारी दिएको छ।

प्रकाशित: २५ असार २०८० १७:४३ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast