काठमाडौँ- प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतसहित न्यायालयमा रिक्त न्यायाधीशको पूर्ति छिटो गर्नुपर्ने बताएका छन्। न्यायाधीश नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा अदालतको न्यायसम्पादन प्रक्रियामा नै अवरोध आउनसक्ने औँल्याउँदै उनले न्यायाधीश चाँडो नियुक्ति गरिनुपर्ने बताएका हुन्।
आइतबार न्यायिक पत्रकार मञ्चका प्रतिनिधिहरूसँगको भेटमा प्रधानन्यायाधीश कार्कीले सबै तहमा ६० जना न्यायाधीश पद रिक्त रहेको बताए। सर्वोच्च अदालतमा मात्रै ७ जना न्यायाधीशको पद रिक्त रहेको उनको भनाइ थियो। साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश कार्कीले समयमा न्यायाधीश नियुक्त हुन नसक्दा न्याय सम्पादनमा समस्या देखिन थालेको दाबी गरे।
प्रकाशित: ३१ असार २०८० १६:५५ | Sunday, July 16, 2023
प्रतिक्रिया





