रास्वपाको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस १५ साउन २०८० ९:२० | Monday, July 31, 2023
रास्वपाको संसदीय दलको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सोमबार बस्दै छ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने पार्टीका उपाध्यक्ष तथा सांसद डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए।

‘आज प्रतिनिधि सभाको बैठक पनि छ। बैठक जानुअघि सांसदहरूसँग छलफल गर्न खोजिएको हो,’ उनले भने, ‘कार्यसूचीमा आधारित भएर छलफल होइन।’

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।

प्रकाशित: १५ साउन २०८० ९:२० | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast