पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध आरोपपत्र दायर

हिमाल प्रेस १३ साउन २०८० ६:४१ | Saturday, July 29, 2023
पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनामाथि विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालीन सब–इन्जिनियर श्यामकिशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध गैरकानुनी लाभ तथा हानि पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धमा आज आरोपपत्र दायर गरेको हो।

उनीहरूले आर्थिक वर्ष २०७४/७५ पिपरा गाउँपालिका–१ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यलाई बढी मूल्यांकन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई एक लाख ४८ हजार नौ सय १० रुपैयाँ भुक्तानी दिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

आयोगले गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सब-इन्जिनियर मण्डलमाथि भ्रष्टाचार कसुरमा र एक लाख ४८ हजार नौ सय १० रुपैयाँ बिगो कायम गरी कैद र जरिबानाको माग दाबी गरेको छ।

यस्तै, निर्माण उपभोक्ता समितिका अध्यक्ष मिश्र, सचिव खातुन र कोषाध्यक्ष साहलाई एक लाख ४८ हजार नौ सय दश रुपैयाँ बिगोसहित सजायको माग दाबी गरेको छ । उनीहरू विरुद्ध वडा–१ खैरबामा बाटो ढलानकार्य गर्दा कमसल सामग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने आयोगमा उजुरी निवेदन परेको थियो।

प्रकाशित: १३ साउन २०८० ६:४१ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast