कांग्रेस बैठकमा सीता गुरुङ : मन्त्री भए पनि काम गर्न सकिएन

हिमाल प्रेस ५ साउन २०८० १५:२५ | Friday, July 21, 2023
कांग्रेस बैठकमा सीता गुरुङ : मन्त्री भए पनि काम गर्न सकिएन

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले देशको आर्थिक अवस्थाका कारण सरकारमा रहेर पनि चाहेका सबै काम गर्न नसकेको बताएकी छन्। पार्टीको केन्द्रीय कार्यसमितिको चौँथो दिनको बैठकमा बोल्दै उनले बजेट अभावका कारण केही गर्न नसकेको बताएकी हुन्। ‍

‘हामी चैत्र १७ गते सरकारमा गयौँ। छोटो समयमा बजेट बनाउनुपर्दा पार्टीले चाहेका सबै नीति कार्यक्रम र योजनामा ध्यान पुर्‍याउन नसकिएको अवस्था छ,‍’ उनले भनिन्, ‘देशको आर्थिक अवस्थाका कारणले पनि समस्या परेको छ। राम्रो गर्छु भन्ने अवश्य छ। तर, देशको आर्थिक अवस्थाका कारण चाहेका सबै काम गर्न सकिने अवस्था छैन।’

गुरुङले कांग्रेसको नेतृत्वमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान आएको भन्दै त्यसको पूर्ण कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताइन्। उनले प्रदेशलाई कमजोर बनाएर संघीय शासन व्यवस्था बलियो हुन नसक्ने तर्क गरिन्।

प्रकाशित: ५ साउन २०८० १५:२५ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast