अध्यक्षलाई श्रद्धाञ्जली दिनेलाई कारबाही गर्न युवा संघको माग

हिमाल प्रेस १२ साउन २०८० ९:१८ | Friday, July 28, 2023
अध्यक्षलाई श्रद्धाञ्जली दिनेलाई कारबाही गर्न युवा संघको माग

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षतिज थेबेको तस्बिरसहित श्रद्धाञ्जली दिइएको भन्दै संघले आपत्ति जनाएको छ।

संघका महासचिव सुमन पुरीले बिहीबार एक विज्ञप्‍ति जारी गर्दै अध्यक्ष थेबेको तस्बिर राखेर श्रद्धाञ्जली दिने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेका हुन्।

‘जिउँदो मानिसलाई प्रहार गर्न श्रद्धाञ्जली दिने जस्तो जीर्ण सोँचलाई निरूत्साहन गर्न र यस्ता अमानवीय, घृणित एवं अमर्यादित कार्यलाई रोक्न गृह प्रशासन तथा नेपाल प्रहरी समक्ष राष्ट्रिय युवा संघ नेपाल जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

संघले यसरी संगठनका नेतृत्वकर्तालाई श्रद्धाञ्जली दिइएको विषय आपत्तिजनक मात्रै नभएर मानवीय संवेदनशीलताको परिधिलाई पार गरेको बताएको छ।

अध्यक्ष थेबेमाथि पछिल्लो समय सामाजिक संजालमा श्रृंखलाबद्ध रूपमा प्रहार भएको र बिहीबार बिहानैदेखि तस्बिरको दुरूपयोग गरी श्रद्धाञ्जली दिइएको संघले बताएको छ।

प्रकाशित: १२ साउन २०८० ९:१८ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast