ईपीएसमार्फत ९३ हजार नेपाली कोरियामा

हिमाल प्रेस ११ असार २०८० २१:४२
6
SHARES
ईपीएसमार्फत ९३ हजार नेपाली कोरियामा

काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत हालसम्म ९३ हजार नेपाली कोरिया गएका छन्। हाल ४५ हजार नेपाली कोरियामा कार्यरत छन्।

गत आर्थिक वर्ष मात्रै पाँच हजार ९ सय ४१ जना कोरिया गएका थिए। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २० हजार एक सय ९२ जना कोरिया पुगेको श्रममन्त्री शरतसिंह भण्डारीले जानकारी दिए।

सरकारी माध्यमबाट कोरिया पठाउने कार्य प्रभावकारी भइरहेको र कोरिया भाषा पास गरेका नेपालीलाई चाँडो गन्तव्यमा लैजान कोरियाका अधिकारीसँग समन्वय र छलफल भइरहेको उनले जानकारी दिए।

प्रकाशित: ११ असार २०८० २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast