मनकामना जिप दुर्घटनामा मृतक पाँचै जनाको सनाखत

हिमाल प्रेस ८ असार २०८० ९:१४
166
SHARES
मनकामना जिप दुर्घटनामा मृतक पाँचै जनाको सनाखत

गोरखा– गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुने ५ जनाकै सनाखत भएको छ।

मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिकाका १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, अन्दाजी १९ वर्षीय निरज थापा, १९ वर्षीया नवीना थापा र ६४ वर्षीय धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिए।

दुर्घटनामा घाइते १२ मध्ये १ जनाको चितवन मेडिकल कलेज र ११ जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको उनले बताए।

घाइतेहरूमध्ये सबैजना सहिदलखन ५ पोखरीडाँडाका रहेको उनको भनाइ छ। घाइतेहरूमा स्थानीय लालु थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

सोही ठाउँ निवासी सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक रानाको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।

दुलहा दुलहीसहित सहिदलखन ३ कोटगाउँबाट १९ जना जन्ती बोकेर सहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३-०१-०२३ च २४२७ नम्बरको बोलेरो जिप शुक्रबार बिहान सहिद लखन गाउँपालिका ३ सिलिङमा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो।

प्रकाशित: ८ असार २०८० ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =