बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

हिमाल प्रेस २८ पुष २०८० १३:५२
10
SHARES
बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

बागलुङ- बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय संगीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।

दुर्घटनामा नौ जना घाइते भएका छन्। जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ।

प्रकाशित: २८ पुष २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =