सुर्खेत- एन्टिमाइक्रोबियल रेसिस्टेन्स साइलेन्ट महामारी सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एन्टिमाइक्रोबियल रेसिस्टेन्स साइलेन्ट महामारी, एन्टिबायोटिक्स तथा एएमआरबारे जनचेतनामुलक एकदिने कार्यक्रम सम्पन्न भएको हो।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स साइलेन्ट महामारीको रूपमा फैलने एक प्रकारको सुक्ष्मजीवाणु भाइरस हो। जो आखाँले देख्न नसक्ने जस्तै ब्याक्टोरिया, भाइरस, फंगस र प्यारासाइट एन्टिमाइक्रोबियल तथा एन्टिबायोटिक, एन्टिभाइरस, एन्टिफंगल र एन्टिप्यारासाइटजस्ता औषधिले रोगको रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमबारे युएसएआईडीका सिनियर मेडिकल अधिकृत डा.सन्तोष दुलालले जानकारी गराए। डा. दुलालले एन्टिमाइक्रोबियलको रेसिस्टेन्सको क्षमता विकास, प्रयोग र अवस्थाबारे जानकारी गराएका थिए।
एन्टिमाइक्रोबियल वश्वव्यापी रूपमा स्वास्थ्य र विकासमा चुनौती बन्नुका साथै विश्वका दश वटा खतरनाक रोगमध्ये यो रोग पनि एक रोग भएको उनले बताए। जथाभावी औषधि प्रयोग गर्नु यस रोगको मुख्य कारण हो।
विश्व परिवेशमा हेर्दा एएमआरको वृद्धिका कारण १२ लाख ७० हजार मानिस एचआइभी एड्स र मलेरियाबाटभन्दा बढी यसबाट मृत्यु भएको बताइएकाे छ। यसले आर्थिक पाटोमा मानिसलाई गरिबीको रेखामुनी धकलेकाे छ।
एएमआर रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीको भुमिका ,सञ्चारकर्मीको भुमिका, कानुन निति तथा नियम, एएमआरको असर तथा रोकथाम गर्ने तरिका , अनुसन्धान,निरिक्षण प्रयोगबारे जानकारी दिएका हुन ।
त्यस्तै कार्यक्रममा (बीयस) युएसएआइडीका सिनियर प्रोग्राम अधिकृत डा. विबेका श्रेष्ठले एएमआरमा लैंगिक भिन्नताको असरबारे बताइन्। डा. श्रेष्ठले एएमआर र गर्भावस्थामा हुने असरबारे जानकारी गराइन्। एएमआरले पेटभित्रको बच्चालाई जोखिम हुने भएकाले यसको प्रयोग कम हुने उनले जानकारी दिइन्।
काठमाडाैँ उपत्यकामा एन्टिबायोटिकको अवस्थाबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको अनसन्धानअनुसार १४७ जना स्वास्थ्यकर्मी, १८७ जना फार्मीसिस्ट र ३ सय ४३ बिरामीलाई यसमा समावेश गरिएको थियाे।
कार्यक्रममा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले पछिल्लो समयमा एन्टिबायोटिकबाट अछुतो नरहेको भन्दै उनले यसको असर र प्रभावबारे सबैलाई सचेत बनाउँदै आउन सक्ने जोखिमलाई कम गर्नेतर्फ सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताए।