राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन जाँदै

हिमाल प्रेस २७ जेठ २०८० २१:३७
8
SHARES
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन जाँदै

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार राति चीन जाने भएका छन्। अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौं चीन-तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन जान लागेका हुन्।

प्रदर्शनीमा उनी प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। उनीसँगै प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी चीन जाँदैछन्।

उनका प्रमुख स्वकीयसचिव गोविन्द अकेला पौडेल र संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापा पनि उनीासँगै जाँदैछन्। कार्यक्रममा सहभागी हुनुअघि प्रतिनिधिमण्डलले बेइजिङ र सांघाई भ्रमण गर्ने कार्यक्रम छ।

बेइजिङमा अध्यक्ष तिमिल्सिनाले जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। भ्रमण सकेर असार ६ गते उनी नेपाल फर्कने कार्यक्रम छ। रासस

प्रकाशित: २७ जेठ २०८० २१:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =