१० महिनामा भित्रियो १० खर्ब रेमिट्यान्स, ४ लाख जनाले लिए श्रम स्वीकृति

हिमाल प्रेस २६ जेठ २०८० १४:४२
4
SHARES
१० महिनामा भित्रियो १० खर्ब रेमिट्यान्स, ४ लाख जनाले लिए श्रम स्वीकृति

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९/८० को वैशाखसम्म १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको १० महिना (साउन–वैशाख)को तुलनामा २३.४ प्रतिशतले बढी हो।  अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.४ प्रतिशतले बढ्दै ७ अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा १.२ प्रतिशतले घटेको थियो।

साउनदेखि वैशाखसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकति लिनेको संख्या ५१.४ प्रतिशतले बढेको छ। यो अवधिमा ४ लाख २१ हजार २७९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भइ २ लाख ३८ हजार ९७६ पुगेको छ।

प्रकाशित: २६ जेठ २०८० १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =