प्रतिनिधिसभामा प्रचण्ड ‘भारतबाट भैँसी चढेर आएको’ कुरा उठेपछि…

हिमाल प्रेस २२ जेठ २०८० १३:५३
14
SHARES
प्रतिनिधिसभामा प्रचण्ड ‘भारतबाट भैँसी चढेर आएको’ कुरा उठेपछि… प्रतिनिधिसभामा सम्बोधन गर्दै सांसद शिशिर खनाल। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारत भ्रमणमा गएका प्रधानमन्त्री भैँसी चढेर आएको भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्ने क्रममा खनालले भैँसी चढेर आएको बताएपछि सत्ता पक्षीय सांसदले आपत्ति जनाएका हुन्।

खनालले भनेका थिए, ‘हामी चाहन्थ्यौँ प्लेन चढेर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा आउनुहोला। तर भैँसी चढेर आएको कुरा आए।’

भैँसीको प्रसंग उठेपछि सत्तापक्षीय सांसदले होहल्ला गरेका थिए। मा‌ओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउने माग गरे। उनले भने, ‘भैँसी चढेर आएको शब्द असंसदीय हो, संसदीय रेकर्डबाट हटाइयोस्।’

खनालले बोलिरहेका बेला पाण्डेले आपत्ति जनाएको भन्दै एमाले र रास्वापाका सांसदहरूले उठेर विरोध जनाएका थिए। एमाले नेता सूर्य थापाले सत्ता पक्षले दादागिरी गरेको भन्दै नियमापत्ति भएको बताएका थिए। उनले भने, ‘बोल्ने अधिकार दिनुपर्छ। दादागिरी स्वीकार्य हुन्न।’

संसद्‌मा होहल्ला भएपछि सभामुख देवराज घिमिरेले ‘भैँसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। त्यसपछि एमाले रघुजी पन्तले पुन आपत्ति जनाउँदै प्रधानमन्त्रीले भैँसीको कुरा उठाएकाले प्रधानमन्त्रीले बोलेको विषय पनि रेकर्डबाट हटाउन माग गरेका थिए।

रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले प्रधानमन्त्री स्वयंले भनेको कुरालाई लिएर आफ्ना सांसद हटाउने कुरा आपत्तिजनक भएको बताएका थिए। उनले संसद्‌मा सत्ता पक्षले दादागिरी देखाएको आरोप लगाएका थिए।

उनले भने गरे, ‘स्वयं प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर भन्दा ठिक हुने तर दृष्टान्तस्वरूप हाम्रा माननीयले हटाउँदा त्यो संसदको रेकर्डबाट हटाउने?’ उनले प्रधानमन्त्रीको भनाइ पनि हटाउनुपर्ने बताए। उनले भने, ‘सत्तापक्षले दादागिरी नदेखाओस्, पेलेर जान नखोजियोस्, प्रधानमन्त्रीको भनाइ पनि हटाइयोस्।’

संसदमा प्रधानमन्त्रीले भने- राँगो ल्याउने सहमति सात वर्षअघि नै भएको रहेछ

लामिछानेको प्रश्‍न- प्रधानमन्त्री भैँसी चढेर आएको विषय रेकर्डबाट किन हटाउने?

प्रकाशित: २२ जेठ २०८० १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =