प्रधानमन्त्रीको भारत भ्रमण

बंगलादेशलाई बिजुली बेच्न भारतको साथ चाहियो : प्रचण्ड

हिमाल प्रेस १८ जेठ २०८० १४:०६
22
SHARES
बंगलादेशलाई बिजुली बेच्न भारतको साथ चाहियो : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको बिजुली बंगलादेशलाई बिक्री गर्न भारतको साथ आवश्यक रहेको बताएका छन्। भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा बिहीबार आयोजित दुई देशका प्रधानमन्त्रीबीचको संयुक्त पत्रकार सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

प्रचण्डले भने, ‘नेपालबाट जतिसक्दो धेरै ऊर्जा लिन भारत आतुर रहेको विषय मोदीजीले भन्नुभयो। यसमा म उहाँलाई धन्यवाद दिन्छु। भारतले सहकार्य गरिदिएमा बंगलादेशसम्म नेपालको ऊर्जा बिक्री हुने थियो।’ यसमा भारतले सहयोग गर्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री प्रचण्डले बताए।

नेपालको हाइड्रोपावर भारतलाई उपलब्ध गराउने चाहना आफूहरूको उच्च आकांक्षा रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन्। उनले भने, ‘तल्लो अरुणमा भारतले गर्ने तयारी भएको छ। यसले नयाँ गति दिनेछ।’

यस्तै पञ्चेश्वर परियोजनाको डीपीरआर तत्काल अघि बढाइने सहमति भएको प्रधानमन्त्री प्रचण्डले बताए। प्रचण्डले भने, ‘सिँचाइका लागि पनि छलफल भएको छ। त्यसमा कसरी व्यवस्थित गर्ने भन्नेमा छु।’

आफूले मोदीसँगको भेटमा नेपालको व्यापार घाटा घटाउन अनुरोध गरेको प्रधानमन्त्री प्रचण्डले बताए। यसमा सकारात्मक जबाफ पाएको उनको भनाइ छ। यस्तै एन्टी डम्पिङ ड्युटी हटाउन पनि आग्रह गरेको प्रचण्डले बताए।  प्रधानमन्त्री प्रचण्डले अब चाँदनी-दोधारमा क्रस बोर्डर पेइमेन्ट (सीमापार भुक्तानी) सहज भएको बताए।

यसैगगरी लुम्बिनी र पोखरा विमानस्थलबाट भारततर्फ हवाई उडान अनुमतिका लागि प्रधानमन्त्री प्रचण्डले भारतसँग अनुरोध गरेका छन्। उनले महेन्द्रनगर र भैरहवा विमानस्थलनबाट पनि भारतले हवाई रुट उपलब्ध गराएमा नेपाल खुसी हुने बताएका छन्।  उनले भने, ‘सीमा समस्याका विषयमा पनि छलफल भएको छ। त्यसलाई सम्बोधन गर्न भारत तयार भएको छ।’

यसैगरी प्रधानमन्त्री मोदीले नेपालमा मल कारखाना स्थापनाको कुरा उठाएर आफ्नो मन जितको बताए। उनले भने, ‘कृषि क्षेत्रमा काम सहकार्य गर्ने विषयमा छलफल भएको छ। मोदीजीले मल कारखानाको कुरा उठाएर नेपाली र मेरो मत जिन्नुभएको छ।’

यस्तै प्रचण्डले सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता पनि गरेका छन्। उनले भने, ‘मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा गर्छु। नेपालमा उहाँलाई भेट्न हामी आतुर हुनेछौँ।’

प्रधानमन्त्रीले गरे मोदीको प्रशंसा

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीको प्रशंसा गरेका छन्। उनले भने, ‘भारतको विकासमा म खुसी छु। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको विकास भएको देखिन्छ।’

प्रधानमन्त्री मोदीले नेपाल र भारतको सम्बन्ध थप उचाइमा लैजान र सहकार्य सहज गर्न भारत तयार रहेको बताएको जानकारी पनि प्रचण्डले दिए। उनले भने, ‘भारतले नेपालको विकासमा पनि उत्तिकै ध्यान दिएकोमा मोदीको प्रशंसा गर्न चाहन्छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =