स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

हिमाल प्रेस ५ असार २०८० ११:१४ | Tuesday, June 20, 2023
स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौँ- संसद्को अर्थ समितिले नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।

मंगलबार बसेको समितिको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। यसअघि जेठ २९ गते बसेको समितिको बैठकले प्रक्रिया रोक्न लगाएको थियो।

समितिले धितोपत्र बोर्ड र स्टक ब्रोकरहरूसँगको छलफलपछि खुला गर्न अनुमति दिने निर्णय गरेको हो।

स्टक ब्रोकरकाे नयाँ लाइसेन्स वितरणका लागि बोर्डले गत असोज २ गते आवेदन खुला गरेको थियो। ४३ वटा नयाँ कम्पनीले धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारसम्बन्धी कार्य अगाडि बढाउन आशयपत्र दिएका थिए। त्यसमध्ये भौतिक पूर्वाधार पुगेका १८ वटा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीलाई धितोपत्र बोर्डले अनुमति दिएको थियो।

जसमा ७ वटा कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट सदस्यताका लागि आवश्यक रहने विद्युतीय कारोबार प्रणाली स्थापनाका लागि भौतिक पूर्वाधार तयारी गरेर नेप्सेको सदस्यताका लागि राजस्व समेत बुझाइसकेका छन्।

प्रकाशित: ५ असार २०८० ११:१४ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast