विराटनगरको नीति तथा कार्यक्रम : ‘सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’

हिमाल प्रेस १० असार २०८० १४:३७ | Sunday, June 25, 2023
विराटनगरको नीति तथा कार्यक्रम : ‘सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’

विराटनगर- विराटनगर महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम नगरसभामा पेस गरिएको हो।

नगरउपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई समृद्ध बनाउन स्थानीय स्रोतसाधन अधिकतम प्रयोग गरिने बताइन्। ‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ बनाउने सोचसहित नीति तथा कार्यक्रम पेस गरिएको उनले जानकारी दिइन्।

‘स्थानीय तहको अधिकार क्षेत्र बढ्दै जाँदा नागरिकलाई पु¥याउने सेवा प्रवाहका लागि आवश्यक जनशक्ति व्यवस्थापन, प्रशासनिक व्यवस्थापनलगायत विषयमा बजेट छुट्याउँदा विकास निर्माणमा चाप पर्ने गरेको छ,’ उनले भनिन्।

महानगरको सीमित स्रोतसाधनबाट मात्र नगरको विकास निर्माणलगायत सेवा प्रवाह गर्न नसकिने भएकाले नागरिक समाज, निजी क्षेत्र, संघसंस्थालगायत सबैको साथ र सहयोगको अपेक्षासहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उनको भनाइ थियो।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, पन्ध्रौँ योजनाको दीर्घकालीन अवधारणाअनुसार नीति तथा कार्यक्रम तर्जुमा गरिएको महानगरपालिकाले बताएको छ।

आर्थिक विकास क्षेत्रतर्फ कृषि, पशुपक्षी विकास, सहकारी, पर्यटन, उपभोक्ता हित संरक्षणलगायत कार्यक्रम नीति तथा कार्यक्रममा समावेश छन्। त्यस्तै उद्यमशीलता, उद्यम र रोजगार, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, सामुदायिक विकास, महिला तथा बालबालिका, साहित्य, ज्येष्ठ नागरिक, अपांगता, पञ्जीकरण तथा सामाजिक सुरक्षा, पूर्वाधार विकास, विद्युत् ऊर्जा, वन वातावरण तथा सरसफाइ, विपद् व्यवस्थापनलगायतका मुद्दा नीति तथा कार्यक्रममा उल्लेख छन्। रासस

प्रकाशित: १० असार २०८० १४:३७ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast