लमजुङमा ४ रेक्टर स्केलको भूकम्प

हिमाल प्रेस ८ असार २०८० ८:३० | Friday, June 23, 2023
लमजुङमा ४ रेक्टर स्केलको भूकम्प

लमजुङ– लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर शुक्रबार (आज) बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो।

लमजुङ, तनहुँ र गोरखा जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्र मानिन्छ।

प्रकाशित: ८ असार २०८० ८:३० | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast