माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक

हिमाल प्रेस ७ असार २०८० १४:४७ | Thursday, June 22, 2023
माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ- नेकपा (माओेवादी केन्द्र)ले केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा बैठक असार २३ गते ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने उल्लेख छ।

पाँचबुँदे परिपत्रमा दुई महिने अभियानको समग्र समीक्षा गरी असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिइएको छ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा घात, अन्तरघात, कमजोरी भए लिखित प्रतिवेदन असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन सकिने सर्कुलरमा उल्लेख छ।

यस्तै, लेबी बुझाउन बाँकी रहेका केन्द्रीय सदस्य, प्रदेशले बुझाउनुपर्ने २० प्रतिशत लेबी र ०७८ पुसमा भएको महाधिवेशनको हिसाब फछ्र्यौट गर्न बाँकी रहेका प्रदेशको हिसाब केन्द्रीय कमिटी बैठकअघि मिलान गर्न पनि सर्कुलरमा भनिएको छ।

 

प्रकाशित: ७ असार २०८० १४:४७ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast