बिहीबार काेशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासकाे मत लिने

हिमाल प्रेस ११ असार २०८० २०:०७ | Monday, June 26, 2023
बिहीबार काेशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासकाे मत लिने हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी- कोशी प्रदेश सरकारले बिहीबार (असार १४ गते) विश्वासको मत लिने तयारी गरेको छ। विश्वासको मतका लागि प्रदेश प्रमुखले  बिहीबार १ बजेका लागि तेस्रो अधिवेशन आव्हान गरेका छन्।

कोशी प्रदेश मन्त्रिपरिषद्को असार १० गतेको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशसभाको तेस्रो अधिवेशन बोलाएका हुन्।

सत्ता साझेदार दल जनता समाजवादी र माओवादी केन्द्रले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ।

जेठ १७ गते जनता समाजवादी पार्टीको प्रदेश कमिटीको बैठकले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै विश्वासको मत लिन लागिएको हो।

सरकारलाई दिएको समर्थन जसपा र माओवादीले फिर्ता लिएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो। अहिले कोशी प्रदेश सरकारलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्रै समर्थन छ।

९३ सदस्य रहेको प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सिट आवश्यक पर्दछ। प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका (सभामुखसहित) १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसद छन्। सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ सांसद आवश्यक पर्छ।

प्रकाशित: ११ असार २०८० २०:०७ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast