वीरगन्ज– वीरगन्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ। महानगरपालिकाका कर्मचारीले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो।
नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउन्ड, एसएलआरको चार राउन्ड, हर्नेटको १७ राउन्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी कुल एक सय पाँच राउन्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ जेठ २०८० २२:३० | Sunday, June 11, 2023
प्रतिक्रिया





