नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

हिमाल प्रेस ३ असार २०८० १९:३० | Sunday, June 18, 2023
नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

काठमाडौँ- नागरिक लगानी कोष र भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीबीच सम्झौता गरिएको छ। कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलन गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता गरिएको हो।

सम्झौतापत्रमा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका छन्। सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकलाई आबद्ध गराइ रकम संकलन गर्न सहयोग पुर्‍याउने कोषले जानकारी दिएको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकाले उक्त सम्झौताले कार्यक्रममा थप सहयोग पुग्ने अपेक्षा गरिएको कोषको भनाइ छ।

प्रकाशित: ३ असार २०८० १९:३० | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast