दाङ पुगे प्रचण्ड

हिमाल प्रेस ३१ जेठ २०८० १२:१० | Wednesday, June 14, 2023
दाङ पुगे प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ पुगेका छन्।

उनी नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान दाङ पुगेका हुन्। विविध कारणले १२ वर्षदेखि रोकिएको सो दीक्षान्त समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी अतिथि वक्ता छन्।

समारोहमा विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्रीहरू, प्रदेश सरकारका मन्त्री, जिल्लाबाट निर्वाचित संघीय र प्रदेशसभाका सदस्य नेपाल संस्कृत विश्वविद्यालयका सभासद्हरूलगायतको सहभागिता छ।

समारोहमा पाँच सय ७५ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले जानकारी दिए।

दीक्षान्त समारोहमा सहभागी हुनुअघि प्रधानमन्त्री प्रचण्डले माओवादी जिल्ला समन्वय दाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन्।

प्रकाशित: ३१ जेठ २०८० १२:१० | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast