खोज, उद्धार र प्रभावितको व्यवस्थापनमा लाग्न गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस ३ असार २०८० २२:०७ | Sunday, June 18, 2023
खोज, उद्धार र प्रभावितको व्यवस्थापनमा लाग्न गृहमन्त्रीको निर्देशन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीनेपालमा बाढीबाट बेपत्ता भएका मानिसको खोज, उद्धार र व्यवस्थापनमा लाग्न निर्देशन दिएका छन्।

पूर्वका केही जिल्लामा बाढीपहिरोका कारण मानिसको मृत्यु तथा बेपत्तासहित ठूलो भौतिक क्षति भएकाले आवश्यक व्यवस्थापनमा लाग्न उनले निर्देशन दिएका हुन्। बेपत्ताको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन उनले सम्कबन्धित निकायलाई निर्देशन दिएका हुन्।

पाँचथर संखुवासभालगायत जिल्लामा भारी वर्षापछि आएको बाढी तथा पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि आजै आपत्कालीन बैठक बसेर उनले उक्त निर्देशन दिएका हुन्।

निर्देशनपछि नै आजै मेची राजमार्गको हेवाखोलामा पुल बगाएकाले त्यस ठाउँमा मोडुलर ट्रष्ट ब्रिज निर्माण गरी यातायात सहज पार्न निर्देशन दिए। प्राप्त विवरणमा सो क्षेत्रमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ। २९ जना बेपत्ता छन्। केही पुल बगाएको र झण्डै दर्जन पुलमा क्षति पुगेको छ। केही घरसमेत बगाएको गृह मन्त्रालयको विवरण छ। रासस

बाढीपहिरोमा तीनको मृत्यु, १७ मजदुरसहित २९ जना बेपत्ता

प्रकाशित: ३ असार २०८० २२:०७ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast