ओलीलाई पार्टी सल्लाहकार बन्न सुझाव दिँदै माधव नेपालले भने- तत्कालीन नेकपा ब्युँताऔँ

हिमाल प्रेस २७ जेठ २०८० १९:२४ | Saturday, June 10, 2023
ओलीलाई पार्टी सल्लाहकार बन्न सुझाव दिँदै माधव नेपालले भने- तत्कालीन नेकपा ब्युँताऔँ माधवकुमार नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन प्रस्ताव गरेका छन्। शनिवार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा ब्युँताउन प्रस्ताव गरेका हुन्।

उनले सबै मिलेर अघि बढ्दा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताए। ‘प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन हामी तयार छौँ,’ उनले भने।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप पनि लगाए। आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसिनरहने उनको जिकिर थियो। अध्यक्ष ओलीलाई उनले पार्टीको सल्लाहकार भएर बस्न र युवाहरूले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए।

प्रकाशित: २७ जेठ २०८० १९:२४ | Saturday, June 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast