अस्पताल सुधारको काम भइरहेको छ : स्वास्थ्यमन्त्री

हिमाल प्रेस १२ असार २०८० २०:०७ | Tuesday, June 27, 2023
अस्पताल सुधारको काम भइरहेको छ : स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई बिर्तामोडस्थित पूर्ण टुंग बिर्तासिटी अस्पतालमा मायाको चिनो प्रदान गर्दै अस्पतालका निर्देशक आनन्दकुमार बस्नेत। तस्बिर : सुरेन्द्र भण्डारी/रासस

झापा- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताएका छन्।

झापाको बिर्तामोडस्थित पूर्ण टुंग बिर्तासिटी अस्पतालको निरीक्षणपछि उनले देशभरका अस्पताल सुधारका क्षेत्रमा काम भइरहेको बताएका हुन्। उनले कतिपय अस्पतालको स्तरोन्नति गर्नुपर्ने देखिएकाले त्यस्ता अस्पतालको पहिचान गर्दै सरकारले स्तरोन्नतिको काम थाल्ने बताए।

मन्त्री बस्नेतले आज मात्रै विराटनगरमा रहेको कोशी अस्पतालसहित पूर्वका अस्पताल र स्वास्थ्य संस्थाको निरीक्षण गरेका छन्। सो क्रममा बिर्तामोडस्थित पूर्ण टुंग अस्पतालको समेत निरीक्षण गरेका थिए। अस्पतालको निरीक्षणपछि निजी क्षेत्रबाट सञ्चालित यो अस्पतालले ग्रामीण क्षेत्रका नागरिकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रवाह गरिरहेको पाइएको उनले बताए।

अस्पतालले प्रवाह गरिरहेको सेवाका विषयमा अस्पतालका सुपरिटेण्डेन्ट डा. अनिलकुमार बस्नेतले जानकारी गराएका थिए। अस्पतालका निर्देशक आनन्द बस्नेतले अस्पतालका विषयमा जानकारी गराए।

अस्पताल प्रशासक विनोद बस्नेतले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, प्रदेश सचिवलगायतले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी लिएका थिए।

प्रकाशित: १२ असार २०८० २०:०७ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast