असार अन्तिम साता ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक सार्वजनिक गर्ने तयारी

हिमाल प्रेस १० असार २०८० १७:३८ | Sunday, June 25, 2023
असार अन्तिम साता ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक सार्वजनिक गर्ने तयारी

काठमाडौँ- प्रकाशक क्रियटिभ बुक्सले नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमूलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन गर्ने भएको छ। खेल पत्रकार नवीन अर्यालले लेखेको उक्त पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा यही असार चौथो साता काठमाडौँमा सार्वजनिक गर्ने तयारी छ।

लामो समय खेलकुद् पत्रकारितामा संलग्न अर्यालको यो पहिलो पुस्तक हो। पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद वृत्तान्त समेटिएको छ। नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल यात्राको वर्णन गरिएको प्रकाशकले जानकारी दिएको छ।

नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि यो पुस्तक महत्त्वपूर्ण दस्तावेजका रूपमा रहने विश्वास गरिएको छ। नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शून्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्त्वपूर्ण सामग्री बन्ने अपेक्षा प्रकाशक क्रियटिभ बुक्सले गरेको छ।

प्रकाशित: १० असार २०८० १७:३८ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast