अनैतिक सम्बन्ध लुकाउन युवकले गरे महिलाको हत्या

हिमाल प्रेस ३० जेठ २०८० १९:०८ | Tuesday, June 13, 2023
अनैतिक सम्बन्ध लुकाउन युवकले गरे महिलाको हत्या

जनकपुरधाम- धनुषामा एक युवकले अनैतिक सम्बन्ध र बिहेको दवाबबाट छुटकारा पाउन एक महिलाको हत्या गरेका छन्।

धनुषा प्रहरीले मिथिलाबिहारी नगरपालिका-८ स्थित तारापट्टीकी ४२ वर्षीया उषा दासको हत्यामा संलग्न रहेको आरोपमा २२ वर्षीय एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको हो। प्रहरीले उषाको हत्यामा संलग्न रहेको आरोपमा बाराको कलैया नगरपालिका-१८ का २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार उषा र ओमलालबीच केही वर्ष यता अनैतिक सम्बन्ध रहेको थियो। सोही क्रममा उषाले ओमलाललाई बिहेका लागि दबाब दिन सुरु गरेपछि उनी टाढिन खोजेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाका अनुसार बिवाह र सम्बन्ध बनाउनका लागि गत जेठ २५ गते राति उषाले ओमलाललाई दवाब दिएको र दवाब खेप्न नसकेर घाँटी थिचेर उषाको हत्या गरेको बयानबाट खुलेको छ।

प्रहरीका अनुसार शवलाई चाँडै गलाउनका लागि उनकै घरको छेउमा खाल्डो खनी पुरेको र कपडा अलग्गै खाल्डोमा पुरेको पाइएको छ। मृतकको सनाखत उनको शरीरमा रहेको ट्याटुबाट निजको छोरा र बुहारीले गरेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: ३० जेठ २०८० १९:०८ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast