१७ गतेदेखि जावलाखेलमा जुत्ता-चप्पल व्यापार मेला

हिमाल प्रेस १५ जेठ २०८० १२:५४
8
SHARES
१७ गतेदेखि जावलाखेलमा जुत्ता-चप्पल व्यापार मेला

ललितपुर– जेठ १७ (बुधबार) देखि जावलाखेलमा स्वदेशी जुत्ता-चप्पल व्यापार मेला हुने भएको छ।

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ नारासहित सुरु हुने मेला एक महिना अर्थात् असार १७ गतेसम्म चल्नेछ। निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला बिहान ९ देखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिने आयोजक नेपाली जुत्ता चप्पल उत्पादक समूहले जनाएको छ।

मेलामा ३ हजारभन्दा बढी डिजाइनका जुत्ता तथा चप्पल राखिने छ। जसमा न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ। मेला ३ लाखभन्दा बढीलाई अवलोकन गराउने र ५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ।

मेलामा गोल्डस्टार, रोयल सुज, बिएफ डियर हिल, बिएफ स्पोर्ट, क्रस रोड सुज, फस्टवाक सुज, सिल, हाई लाइफ, केटिएम र डिजे सुज ब्रान्डको सहभागिता रहनेछ।

प्रकाशित: १५ जेठ २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =