बिरुवा कन्स्ट्रक्सन र सीएम पवित्रा जेभीलाई कालोसूचीमा राख्ने ललितपुर महानगरको तयारी

हिमाल प्रेस १४ जेठ २०८० ७:३६
8
SHARES
बिरुवा कन्स्ट्रक्सन र सीएम पवित्रा जेभीलाई कालोसूचीमा राख्ने ललितपुर महानगरको तयारी

काठमाडौँ- ललितपुर महानगरपालिकाले सडक अलपत्र पारेको भन्दै दुई निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। महानगरपालिकाले बिरुवा कन्स्ट्रक्सन प्रालि काठमाडौँ र सीएम-पवित्रा महर्जन जेभी ललितपुरलाई कालोसूचीमा राख्ने तयारी गरेको हो।

त्यसअघि महानगरपालिकाले उनीहरूलाई स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन भनेको छ। सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को उल्लंघन गरी सडक आयोजना अलपत्र पारेको भन्दै ठेक्का सम्झौदा रद्द गरेर कालोसूचीमा राख्नेतर्फ कारबाही किन नगर्ने? भनेर महानगरपालिकाले स्पष्टीकरण सोधेको छ।

सो स्पष्टीकरण एक हप्ताभित्र पेस गर्न पनि महानगरपालिकाले भनेको छ। तोकिएको समयमा महानगरपालिका समक्ष उपस्थित नभएमा वा पेस गरेको स्पष्टीकरणको आधार र कारण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौता रद्द गरी थप कारबाही प्रक्रिया अगाडि बढाइने पनि सूचनामा उल्लेख छ।

बिरुवा कन्स्ट्रक्सन र सीएम-पवित्रा महर्जन जेभीसँग ललितपुर महानगरपालिकाअन्तर्गतका विभिन्न सडकहरू स्तरोन्नति गर्ने सम्झौता गरिएको थियो। पटकपटक पत्राचार गर्दा पनि काम सन्तोषजनक नभएको र सडक पनि अलपत्र पारेको भन्दै महानगरले कारबाहीको तयारी गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =