नीति तथा कार्यक्रम पारित

हिमाल प्रेस १३ जेठ २०८० २१:३८
8
SHARES
नीति तथा कार्यक्रम पारित

काठमाडौँ- प्रतिनिधिसभा संसद्‍बाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ। शनिबार प्रतिनिधिसभामा भएको छलफलपछि नीति तथा कार्यक्रम संसद्‌मा उपस्थित सदस्य संख्याको बहुमतले पारित गरिएको हो।

बैठकमा सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको घोषणा गरे।

नीति तथा कार्यक्रमलाई पारित गर्नुभन्दा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए। यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट यसअघि नै पारित भइसकेको थियो।

पुरानै नीति तथा कार्यक्रमको पुनर्लेखन

प्रकाशित: १३ जेठ २०८० २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =