कोशी प्रदेश पहिचानवादीहरू आन्दोलन चर्काउने तयारीमा

हिमाल प्रेस ११ जेठ २०८० १८:३८
14
SHARES
कोशी प्रदेश पहिचानवादीहरू आन्दोलन चर्काउने तयारीमा कोशी प्रदेश नामांकनमा विरोध जनाउँदै पहिचानवादी गरेको आन्दोलन। फाइल तस्बिर

इटहरी- कोशी प्रदेश नामकरण राखिएको विरोधमा जारी पहिचान पक्षधरहरूको आन्दोलनले थप गति लिने बताइएको छ। प्रदेशसभाको बजेट अधिवेशनको समय पारेर कोशी नाम खारेजी, पुनः नामकरण आन्दोलनकारीहरूले सङ्घर्षको निर्णायक चरणको रूपमा लिएको जनाएका छन्।

प्रदेशसभाको बजेट अधिवेशन जेठ १४ गते आइतबार आव्हान गरिएको छ। यसैबेला प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले १४ वटै जिल्लाका सङ्घर्ष समितिहरू सोही दिनदेखि विराटनगरमै धर्ना कसेर प्रदेशसभा घेराउ गर्दै सडकमा उत्रन आह्वान गरेको छ।

सङ्घर्ष समिति अध्यक्ष मण्डलका सदस्य किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले भने ‘जिल्लाहरूमा सम्पर्क पनि गरिरहेका छौँ, व्यापक तयारी भइरहेको छ।’ सङ्घर्ष समितिले वक्तव्य जारी गरिसकेको छ। त्यसैलाई आधार मानेर पनि प्रदेशका चौधै जिल्लाबाट आन्दोलकारीहरु विराटनगरको सडकमा उत्रिन आउने आव्हान गरिएको उनले बताए।

‘मुख्यमन्त्री हिक्मत कार्की प्रदेशमा उत्पन्न समस्याको समाधान खोज्नुको सट्टा झन् चर्काउनतिर उद्धत देखिएका छन्। मुख्यमन्त्री कार्कीले दिँदै आएको एकपछि अर्को च्यालेन्जलाई स्विकार्दै संयुक्त सङ्घर्ष समितिले प्रदेशको केन्द्र विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका छौँ।’ संयुक्त सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कोशी : मत्थर बन्दै पहिचानवादीको आन्दोलन

 

प्रकाशित: ११ जेठ २०८० १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =