भरतपुर महानगरले दियो किसानलाई धानको बिउ र बाख्रा

हिमाल प्रेस ११ जेठ २०८० ८:१५
10
SHARES
भरतपुर महानगरले दियो किसानलाई धानको बिउ र बाख्रा

चितवन– भरतपुर महानगरपालिका-२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ। निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई २वटाका दरले बाख्रा वितरण गरिएको हो।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन्। यो कार्यक्रममार्फत बाख्रा, बंगुर कुखुरा र हाँस वितरण गरिनेछ। ‘राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत गरिनेछ, १७ समूहलाई २ लाखका दरले वितरण गरिनेछ,’ उनले भनिन्।

भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताए। निर्वाहमुखी कृषक कार्यक्रममार्फत ९० जनाले २ वटाका दरले बाख्रा पाउने जानकारी दिए। उनले महानगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिने बताए।

यस्तै महानगरको अनुदानमा ९० क्विन्टल धानको बिउ वितरण गरिएको छ। भरतपुर-२१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकलाई धानको बिउ वितरण गरिएको हो। महानगरपालिकाले प्रतिकिलो ३० का दरले अनुदान दिएको हो।

भरतपुरमा रहेका ७२ कृषि सहकारीमार्फत २ सय ३३ मेट्रिक टन बिउ नौ हजार बढी कृषकलाई वितरण गरिने भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिए। उन्नत बिउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने अनुसन्धानले देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast