नेपाल एयरलाइन्सको मलेसिया-भैरहवा भाडादर ११ हजार ४६१

हिमाल प्रेस १० जेठ २०८० १७:५२
12
SHARES
नेपाल एयरलाइन्सको मलेसिया-भैरहवा भाडादर ११ हजार ४६१

काठमाडौँ- नेपाल वायुसेवा निगमले जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएकाे छ। निगमले मलेसियादेखि भैरहवाका लागि ११ हजार ४६१ रुपैयाँ भाडादर कायम गरेको छ।

निगमले मलेसिया-भैरहवा-काठमाडौँका लागि भने १२ हजार ३४६ रुपैयाँ भाडा कायम गरेको छ। निगमले जेठ २९ गते काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान गर्ने र जेठ ३० गते क्लालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आइपुग्ने उडान तालिका तय गरेको छ। यो गन्तव्यमा निगमको न्यारो बडी ‘ए’ ३२० जहाजले उडान भर्नेछ।

प्रकाशित: १० जेठ २०८० १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =