बर्दघाटमा ५० शय्याको ट्रमा सेन्टर बनाइने, जग्गा सुनिश्‍चित

हिमाल प्रेस १० जेठ २०८० ८:०४
10
SHARES
बर्दघाटमा ५० शय्याको ट्रमा सेन्टर बनाइने, जग्गा सुनिश्‍चित

नवलपरासी– नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)को बर्दघाटमा ट्रमा सेन्टर बनाउन आवश्यक जग्गा सुनिश्चित गरिएको छ। बर्दघाट नगरपालिका-२ चिसापानीस्थित राष्ट्रिय आवास कम्पनीको नाममा रहेको कुल ८ बिघा दुई कठ्ठा १२ धुर जग्गामध्ये एक बिघा १० कठ्ठा जग्गामा ५० शय्याको ट्रमा सेन्टर बनाइने भएको छ।

बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच ट्रमा सेन्टर बनाउनका लागि जग्गाको सम्झौता भएको छ। कम्पनीसँग भाडामा लिइएको सो जग्गामा अब सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण हुने छ। ट्रमा सेन्टर निर्माणपश्चात उक्त सेन्टर लुम्बिनी प्रदेशकै सुविधायुक्त स्वास्थ्योपचार थलोका रूपमा स्थापित हुने विश्वास लिइएको बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले जानकारी दिए।

‘ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष ०७८/७९ मा संघीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार १० करोड विनियोजन गरिएको थियो। तर बनाउनका लागि जग्गा यकिन हुन नसक्दा उक्त रकम फ्रिज भएको थियो। ट्रमा सेन्टर “ढिलै भए पनि ट्रमा सेन्टर निर्माणका लागि जग्गा सुनिश्चित भएको छ,’ उनले भने।

राष्ट्रिय महत्त्वपूर्ण आयोजनाका रूपमा मानिएको ट्रमा सेन्टर निर्माण हुने सुनिश्चितताले यस क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको संघीय सांसद विनोद चौधरीको भनाइ छ।

ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष ०७९/८० मा संघीय सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ। आगामी २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको ट्रमा सेन्टरको लागत ३५ करोड रुपैयाँ रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवन कार्यालयका प्रमुख झपट थापाले बताए।

नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) को बर्दघाटमा निर्माण हुने ट्रमा सेन्टरमा विभिन्न छ विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्योपचार सुविधा हुनेछ। पूर्व-पश्चिम राजमार्गमा अत्यधिक दुर्घटना हुने भएकाले ट्रमा सेन्टर निर्माणले दुर्घटनाबाट ज्यान गुमाउनेको संख्यामा कमी आउने विश्वास गरिएको छ। ट्रमा सेन्टर निर्माणपछि सामान्य उपचारका लागि बुटवल तथा भारत जानुपर्ने बाध्यता हट्ने छ।

प्रकाशित: १० जेठ २०८० ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =