नीति तथा कार्यक्रम अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस ५ जेठ २०८० १०:३६
6
SHARES
नीति तथा कार्यक्रम अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ।

सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रकाशित: ५ जेठ २०८० १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =