पोखरामा नगरबसको ठक्करबाट एक व्यक्तिको मृत्यु

हिमाल प्रेस ४ जेठ २०८० १९:३६
4
SHARES
पोखरामा नगरबसको ठक्करबाट एक व्यक्तिको मृत्यु प्रतिनिधिमूलक तस्बिर

पोखरा– पोखरामा पोखरा महानगरपालिकाको बसको ठक्करबाट स्कुटरमा सवार एक व्यक्तिको मृत्यु भएको छ। पोखरा २२, पुम्दीभुम्दीस्थित भित्री सडकखण्डमा ग. १ ख ३२८७ नम्बरको नगर बसले ग. २३ प ३६८६ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो २:४० बजे ठक्कर दिएको हो।

ठक्करबाट घाइते स्कुटरमा सवार पोखरा २५ हेमजा निवासी ४६ वर्षीय तुल्सी त्रिपाठीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ३:२५ बजे मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ।

सोही स्कुटरमा सवार पोखरा ५ मालेपाटन बस्ने २२ वर्षीय शिशिर त्रिपाठी घाइते छन्। उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ। उनको टाउको र दुवै खुट्टामा चोट लागेको छ।

दुर्घटनापछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्र कुँवरको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरीले सवारीसाधन नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: ४ जेठ २०८० १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =