असारदेखि पोखरा-चीन चार्टर्ड उडान हुन्छ : सुदन किराती

हिमाल प्रेस ४ जेठ २०८० १६:४३
10
SHARES
असारदेखि पोखरा-चीन चार्टर्ड उडान हुन्छ : सुदन किराती

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले असारदेखि पोखरा-चीन चार्टर्ड उडान सुरु हुने बताएका छन्।

नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औं राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन्। पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडानको तयारी अन्तिम अवस्थामा पुगेको उनको भनाइ छ।

‘जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दैछौं, हिजोमात्रै अन्तिम कुराकानी गरेका छौं,’ उनले भने।

पर्यटनमन्त्री किरातीले पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने बताए पनि कुन-कुन सहरमा र कुन एयरलाइन्सले उडान गर्ने भन्ने चाहिँ खुलाएनन्।

०७९ पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म आन्तरिक उडानकै भरमा चलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =