१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

हिमाल प्रेस ३ जेठ २०८० १९:५४
6
SHARES
१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

काठमाडौँ– १६ वर्षीया चिनियाँ युवतीले सगरमाथाको सफल आरोहण गरेकी छन्। यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सगरमाथाको सफल आरोहण गरेकी हुन्।

चिनियाँ युवती शुई चो युआनले यही सोमबार बिहान ५:४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेको काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले जानकारी दिइन्।

शुई चो युआनले बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेको सुनाउँदै त्यहींबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताइन्।

आरोहणको सुरुमा मौसम खराबीको चुनौती सामना गर्नुपरेको तर आरोहणको दिन भने मौसमले साथ दिएको उनले जानकारी दिइन्। सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेकोजस्तै पाएको उनको भनाइ छ।

आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूहरुलेसँगै फिर्ता ल्याएको उनले बताइन्। यस वर्ष सगरमाथा आरोहणको ७० औं वर्ष पुगेको अवसरमा सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन्। यस वर्षको आरोहण शनिबारदेखि सुरु भएको हो।

प्रकाशित: ३ जेठ २०८० १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =