चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा आठ पक्राउ

हिमाल प्रेस ९ कार्तिक २०८१ ८:३४
22
SHARES
चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा आठ पक्राउ

सुनसरी- जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा आठ जनालाई पक्राउ गरेको छ।

उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी-२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका-९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका-१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो।

आरोपितहरूलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशंकामा अनुसन्धान थालिएको बताए।

प्रकाशित: ९ कार्तिक २०८१ ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast