सांसद झाको प्रश्न : शरणार्थी प्रकरणलाई लिएर तीन शीर्ष नेताले पटक-पटक किन भेट हुन्छ?

हिमाल प्रेस १ जेठ २०८० १३:५७
8
SHARES
सांसद झाको प्रश्न : शरणार्थी प्रकरणलाई लिएर तीन शीर्ष नेताले पटक-पटक किन भेट हुन्छ? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेकाहरूलाई तत्कालै पक्राउ नगरेर सरकारले उनीहरूलाई विभिन्न मौका दिएको भन्दै आपत्ति जनाएका छन्। सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद झाले प्रकरणमा नाम जोडिएका व्यक्तिहरूले योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइरहेको भन्दै आपत्ति जनाएका हुन्।

विभिन्न देशको उदाहरण दिँदै उनले भने, ‘हाम्रो देशमा ठूलो अपराध, देशद्रोही र भ्रष्टाचारको विषय छ। शंकास्पदहरूको नाम आउँछ। उनीहरूलाई आफ्नो मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइराखेका छन्। केही त फरार पनि छन रे। यस्तो किन हुन्छ?’

उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पटक-पटक यो घटनालाई लिएर भएको भेटप्रति पनि आपत्ति जनाए।

प्रकाशित: १ जेठ २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 13 =