नक्कली शरणार्थी प्रकरण मानव तस्करसँग जोडिएको छ विषयान्तर नहोस् : सांसद सापकोटा

हिमाल प्रेस १ जेठ २०८० १३:४७
20
SHARES
नक्कली शरणार्थी प्रकरण मानव तस्करसँग जोडिएको छ विषयान्तर नहोस् : सांसद सापकोटा प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्दै सांसद माधव सापकोटा। फाइल तस्बिर

काठमाडौँ- नेकपा मा‌ओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आज सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नक्कली शरणार्थी प्रशरणलाई विषयान्तर नगर्न भनेका हुन्।

उनले यो प्रकरण मानव तस्करसँग जोडिएको पनि बताए। ‘नक्कली शरणार्थी प्रकरणलाई कमजोर बनाउन विषयान्तर नगरियोस्। मानव तस्करसहितको विषय अगाडि आएको छ,’ उनले भने, ‘सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ। यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो। यसमार सरकारको ध्यान जाओस्’

प्रकाशित: १ जेठ २०८० १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =