नेपाल प्रहरीको एसपी बढुवा सिफारिसमा किन बढ्यो असन्तुष्टि ?

हिमाल प्रेस ३१ वैशाख २०८० १९:१२
2.4k
SHARES
नेपाल प्रहरीको एसपी बढुवा सिफारिसमा किन बढ्यो असन्तुष्टि ?

काठमाडौँ- नेपाल प्रहरीको डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिसका लागि भएको निर्णयप्रति प्रहरीभित्रै विवाद सुरु भएको छ। बढुवा समितिले कार्यसम्पादनमा अगाडि रहेका डिएसपीलाई नै छुटाएर कनिष्ठ प्रहरीको बढुवा सिफारिस गरिएको भन्दै असन्तुष्टि बढेको हो। गत शुक्रबार प्रहरी प्रधान कार्यालयले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको थियो।

सिफारिस गर्दा अब्बल प्रहरीको छवी बनाएका अंगुर जिसी र निरञ्जनदत्त भट्टको नाम नै छुटाइयो।

बढुवामा छुटेका भट्ट जिल्ला प्रहरी परिसर काठमाडौँको मुद्दा फाँटमा कार्यरत छन् भने डीएसपी जिसी प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत छन्। भट्ट नक्कली शरणार्थी प्रकरणको अनुसन्धान टिममा पनि छन्। उनीहरूलाई यसअघिकै बढुवामा दाबेदार मानिएको थियो तर यसपटक पनि छुटे। जिसी भने उपत्यका का प्रहरी वृत्तमध्ये उत्कृष्ट भई अवार्ड पाउने प्रहरी अधिकृत पर्छन्।

उनीहरूको नाम छुटाएर घूसहित पक्राउ परेका डीएसपीको नाम भने सिफारिस गरिएको छ।

२०७५ असोज २१ गते घूससहित पक्राउ परेका डीएसपी श्यामकुमार राई बढुवाका लागि सिफारिस भएका हुन्। राईविरुद्ध प्रहरी प्रधान कार्यालयमा अरू उजुरीहरू पनि परेको थियो। प्रहरी वृत्त बौद्धमा हुँदा व्यवसायीहरूसँग हप्ता उठाएको, क्रसर व्यवसायीसँग घूसवापत टेलिभ‍िजन र र्‍याक मागेको उजुरी परेको थियो।

राई जस्तै गैरकानुनी काम गरेका अर्का डीएसपी रुपेश खड्का पनि एसपी बढुवा सिफारिसमा परेका छन्। उनले यूएन शान्ति मिसनमा जानुअघि प्रहरीको छनौट परीक्षाको प्रश्नपत्र नै आउट गरेका थिए। उनलाई यही प्रकरणमा कारबाहीको लागि सिफारिस पनि गरिएको थियो।

२२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस[नामसहित]

प्रकाशित: ३१ वैशाख २०८० १९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =