काठमाडाैँ- सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने अवैध ओसारपसारमा कडाइ गरेको छ। सो क्रममा एकै दिनमा साढे २ करोड रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ।
सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान ८ बजेसम्म देशभरका सीमाबाट २ करोड ५६ लाख ८४ हजार ४ सय २ रुपैयाँ बराबरका सामान बरामद गरेको हो।
बरामद सामानमा भन्सार छली र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवेयरका सामान लत्ताकपडा र कस्मेटिक सामान छन्। बरामद गरिएका सामान राजस्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।
प्रकाशित: २६ वैशाख २०८० २०:३९
प्रतिक्रिया