नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीमाथि कारबाही गर्न सबै नेताको एकै स्वर

हिमाल प्रेस २४ वैशाख २०८० १९:१८
42
SHARES
नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीमाथि कारबाही गर्न सबै नेताको एकै स्वर

काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगेको घटनाका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने र कारबाही गरेरै छोड्ने शीर्ष नेताको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप नहुने बताएका छन्।

आज आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि बच्न नसक्ने बताएका हुन्। उनले सो प्रकरणमा निर्दोष कोही नपर्ने पनि स्पष्ट पारे।

संसद् बैठकमा सो प्रकरणको सम्बन्धमा कुुरा उठ्नुले सरकारको मनोबल बढेको उनको भनाइ छ। ‘मैले भनेको छु दोषि कोही बच्न सक्दैन । निर्दोष कोहीपनि पर्दैन । सरकारको त्यही जोड छ । आज जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु । कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन’ उनले भने।

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीमाथि कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए। उनले छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराएको जानकारी दिए। उनले पार्टी सचिव टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको दाबी पनि गरे।

‘मैले जो दोषी छन् उनीहरूमाथि कडाइका साथ कारबाही गर्नुस्। प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने यस्तो उस्तो नगरोस्। र निष्पक्ष ढंगले जो दोषी छन् तिनीहरूलाई कारबाही गरोस्,’ उनले भने, ‘निर्दोषलाई फसाउने प्रयास पनि नगरोस् त्यो कुरा मैले उहाँलाई भनेँ। हामी भ्रष्टाचार कसैले कुनै रुपमा गरोस्, त्यसलाई सहँदैनौँ । हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो नि।’

त्यस्तै नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि सरकारले छोड्न नहुने बताए। उनले सरकार फेरबदल हुँदा दोषीहरू उम्किने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। ‘सरकार फेरियोस्, अर्कै दलको नेतृत्वमा बनोस् तर दोषीमाथि कारबाही हुनुपर्छ’ उनले भने।

प्रकाशित: २४ वैशाख २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast