 भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला।
                             भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला।
                                            काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने बताएका छन्। आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उक्त व्यवस्था गरिने उनले बताए।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाइरहेको भन्दै उनले विद्युतीय सवारीसाधनलाई बजेटमै प्राथमिकता दिइने बताए। बिहीबार आर्थिक पत्रकार संघ नाफिजद्वारा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी : सजेसन्स फर पोलेसी एण्ड बजेट २०८०/८१’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने बताएका हुन्।
उनले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको बजेट घट्ने बताए। अर्थ मन्त्रालयले चालु वर्षको भन्दा घटाएर बजेटको सिलिङ तोकेकाले आगामी वर्षमा मन्त्रालयको बजेट तुलनात्मक रूपमा कम हुने बताए।
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट १ खर्ब ६७ अर्ब रहेकोमा आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले १ खर्ब १३ अर्बको सिलिङ दिएको उनको भनाइ थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 