‘टुल्की’को पोस्टरमा स्वस्तिमा र लैनसिंह

हिमाल प्रेस २१ वैशाख २०८० १६:३५
16
SHARES
‘टुल्की’को पोस्टरमा स्वस्तिमा र लैनसिंह

काठमाडौँ- आगामी जेठ १२ गतेबाट प्रदर्शन हुने फिल्म ‘टुल्की’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्देशक देवजंग थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्।

पोस्टरमा नवनायिका स्वस्तिमा कार्की र कलाकार लैनसिंह वाङदेल देखिएका छन्। फिल्म हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित छ। फिल्ममा स्वस्तिमा र लैनसिंहसहित सोफिया लिम्बू, नरेन्द्र तामाङ, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतको अभिनय छ।

आरपी कर्माचार्य र उजेली लामाको संयुक्त लगानीमा निर्माण भएको फिल्म द पाल्म ग्रूपको ब्यानरमा बनेको छ। लक्ष्मण सुनारको लेखन, शेखर लामाको पटकथा, सुशील अधिकारी र नमराज घिमिरेको छायांकनमा फिल्म बनेको छ। फिल्म तारा थापाले सम्पादन गरेका हुन्।

प्रकाशित: २१ वैशाख २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + five =